
काठमाडौं— चीन भ्रमणमा रहेका बेला बेइजिङमा हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ ।
स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान आईसीयूबाट जनरल वार्डमा सारिएको श्रेष्ठको सचिवालयले जानकारी दिएको छ । बुधबार राति हृदयघात भएपछि श्रेष्ठलाई बेइजिङको पेकिङ युनियन मेडिकल कलेज अस्पताल लगिएको थियो ।
श्रेष्ठलाईु 'एक्युट मायोकार्डियल इन्फार्क्सन' भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा 'ओब्टस मार्जिनल शाखा' मा अवरोध देखिएको अस्पतालले जनाएको छ ।
उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण 'स्टेनोसिस' देखिएको र त्यसलाई कम गर्न तुरुन्तै 'स्टेन्ट' राखिएको समेत राखिएको थियो । तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार राति १ बजे हृदयघात भएको थियो ।













