News Griha :: न्यूजगृह
‘रअ’ प्रमुखको निमन्त्रणामा दिल्ली जाँदै राष्ट्रिय अनुसन्धान विभाग प्रमुख

काठमाडौं— राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा भारत जाने भएका छन् ।

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) प्रमुख रवि सिन्हाको निम्तोमा उनी भारत जान लागेका हुन् । उनी यही साता ‘रअ’ प्रमुखको निमन्त्रणामा दुई दिनको लागि दिल्ली जान लागेका हुन् । 

'दुवै देशका प्रमुख नयाँ हुनुहुन्छ । त्यसैले भेटघाट हुन लागेको हो । तर, समय भने अझै तय भएको छैन,' स्रोतले भन्यो । विभागको वार्षिकोत्सव मनाउन छाडेर थापा गत भदौ १२ गते दक्षिण कोरिया गएका थिए ।

कोरियाबाट नेशनल इन्टेलिजेन्स सर्भिसका एसिया प्यासिफिक प्रमुख किम हाओनले निमन्त्रणामा उनी त्यसतर्फ गराए हुन् । 

त्यसअघि वैशाख १ मा कोरियाको पाँच सदस्यीय गुप्तचर टोली नेपाल आएको थियो । 


 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १९:४९
Weather Update