News Griha :: न्यूजगृह
कस्तो रहला विजयादशमीको दिन मौसम?  

काठमाडौं— देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी, उच्च पहाडी तथा उच्च हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागले बिहान कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । 

आज दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कर्णाली  र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । विजया दशमीमा टाढाको यात्रा गर्न मौसमले अवरोध नगर्ने विभागले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  ०६:३७
Weather Update