News Griha :: न्यूजगृह
घाँटीमा मासु अड्केर दैलेखमा एक जनाको मृत्यु 

दैलेख घाँटीमा मासु अडकिँदा दैलेखमा एक जनाको मृत्यु भएको छ ।

घाँटीमा मासु अड्केर आइतबार नौमुले गाउँपालिका-६ माथिल्लो नाउलीका ४५ वर्षीय दलबहादुर विकको मृत्यु भएको वडा अध्यक्ष लालबहादुर चन्दले जानकारी दिए ।

उनले भने, 'दलबहादुर दिर्घ रोगी थिए । दलबहादुरको मुटु र किड्नीमा समस्या थियो । डाक्टर मदिरा सेवन नगर्न सल्लाह दिए पनि उनले दसैँमा बारम्बार मदिरा सेवन गर्नाले घटना घट्न गएको हो ।'

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  २१:२५
Weather Update