News Griha :: न्यूजगृह
भूकम्पका कारण २० घर भत्किए

धादिङ— आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालामुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् ।

भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए । पटकपटक चार रिक्टरस्केल भन्दामाथिका भूकम्पका परकम्पहरू गएका कारण मानिसहरू घर बाहिर बसेको स्थानीय राजेश अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरूको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए । धादिङको साविक खरी गाविस केन्द्रबिन्दु भई आज बिहान छ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । 

 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १४:१३
Weather Update