News Griha :: न्यूजगृह
धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं— आइतबार बिहान धादिङ, खरी केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टि गरेको छ।

बिहान ७:३९ बजे गएको भूकम्पको कम्पन काठमाडौं आसपासका जिल्ला र चितवनमा समेत महसुस गरिएको थियो

२०७२ वैशाख १२ गते उत्तरी गोरखाको बाकपाक केन्द्रबिन्दु गरी भूकम्प गएको थियो । त्यस्तै २०७२ वैशाख २९ गते दोलखा र सिन्धुपाल्चोकको सिमाना केन्द्र गरी भूकम्प गएको थियो । त्यसयता परकम्प गइरहे पनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गर्न रोकिएको थियो ।

पछिल्लोपटक बझाङ केन्द्रबिन्दु गरी पनि पटकपटक भूकम्प गइरहेको छ। 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०८:५३
Weather Update