News Griha :: न्यूजगृह
मकवानपुरमा गएराति मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

मकवानपुर— त्रिभुवन राजपथअन्तर्गत भैंसे–हेटौँडा सडकखण्डको बागझोरामा गएराति भैसेँबाट हेटौँडातर्फ आउँदै गरेको बा१७प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खस्दा मोटरसाइकल चालकको घटनास्थल मै मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–१ बस्ने सुमिन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उक्त मोटरसाइकलको पछाडि सवार भीमफेदी–१ बस्ने रमन बस्नेत घाइते भएको र  उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको भण्डारीले बताए । 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०९:१९
Weather Update