प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका छन् । मंगलबार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको 'कोरोनरी एन्जिओग्राम' गर्ने तयारी भइरहेको छ । उनलाई वार्डमा भर्ना गरिएको छ ।
डा. यादव भट्टसहितका चिकित्सकको टोली प्रधानमन्त्री दाहालको उपचारमा खटिएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८० १९:३३













