News Griha :: न्यूजगृह
राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं— राष्ट्रिय सभाको मंगलबार दिनको १:०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थागित भएको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी यसअघि निर्धारित बैठक स्थगित गरेका हुन् ।

राष्ट्रिय सभाको भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने सङ्घीय ससद सचिवालयका महासचिव डा‍.भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १३:१६
Weather Update