News Griha :: न्यूजगृह
पर्यटनमन्त्रीद्वारा विमानस्थलमा छड्के, न्यूनतम हवाई भाडा लिन आग्रह

काठमाडौं— संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको निरीक्षण गरेका छन् । 

उनले आन्तरिक विमानस्थलमा सञ्चालनमा रहेका पसलहरूले महँगो मूल्य लिएको गुनासो आएपछि अनुगमनका लागि पुगेका हुन् । टर्मिनलमा रहेका पसलमा राखिएका सामानको मूल्य अत्यधिक भएको र हवाई टिकटमा पनि बढी रकम लिइएको गुनासो आएपछि मन्त्री किराती अनुगमनका लागि पुगेका हुन् ।

उनले आज बिहानै पनि सरोकारवालासँग छलफल भएको र कम भाडा लिन सरोकारवालाहरू तयार रहेको बताए । अनुगमनका क्रममा अधिकांशले अनलाइनबाटै टिकट लिएको पाइएको भन्दै उनले, अधिकतम १७ हजार भाडा राखेको पाइए पनि १३ हजार सम्म तिरेको पाइएको उनको भनाई छ ।

७ वर्ष अघिकै सहमति अनुसार नै पनि अधिकतम र न्यूनतम भाडाको फरक धेरै पाइएको र सोही अुनसार नै व्यवसायीले भाडा निर्धारण गरेको पाइएको बताए । सरकारले यदि कसैले तोकिएको भन्दा बढी भाडा लिए कारबाही गर्ने बताए । उनले भने ‘सरकारले, तोकेको भन्दा माथि टिकट त बेच्नै पाइँदैन । पछिल्लो समयमा भ्याट जोडिएको छ । एअररपोर्टका अन्य भाडादर जोडिएको छ । ’

उनले आम नागरिकलाई सर्वसुलभ सेवा प्रवाहका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए । 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  २०:१२
Weather Update