नेपाल प्रहरीका वरिष्ठ सईको हत्यामा संलग्न थप एक पक्राउ

काठमाडौं— प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) उज्जल पौडेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बडिगाड गाउँपालिका–६ का १९ वर्षीय विशाल बिक छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार यसअघि बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजाघरका सञ्चालक आशा कुँवर र उनका छोरा विनोदलाई पक्राउ गरिएको छ ।
दुवैजनालाई अदालतले दोषी ठहर गरेपछि कारागार चलान गरिएको थियो । घटनाको थप अनुसन्धान गर्न विकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केसीले बताए ।
इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्जसमेत रहेका वरिष्ठ सई पौडेलको गत साउन ८ गते हत्या भएको थियो ।
प्रकाशित मिति: शनिबार, असोज २७, २०८० १०:३६













