News Griha :: न्यूजगृह
मनाङ एअरको सञ्चालन अनुमति निलम्बन गर्ने प्राधिकरणको तयारी

काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनाङ एअरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गर्ने भएको छ । 

छोटो समयको अवधिमा उक्त एअरले हवाई सुरक्षा नियम उलंघन गरेको पाइएकाले निजको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गर्ने तयारी गरेको प्राधिकरणका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले बताए । 

उनले भने, 'छोटो समयको अवधीमा उक्त एअरले हवाई सुरक्षामा गम्भीर उलंघन गरेको पाइयो, सम्भवतः आजै निजको एओसी निलम्बन गर्छौ ।'

मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा शनिबार बिहान दुर्घटनामा परेको थियो । शुक्रबार ओखलढुङ्गाको रुम्जाटारमा रहेको उक्त एअर शनिबार बिहान रुम्जारबाटबाट पर्यटन लिनका लागि लुक्ला गएको थियो ।

लुक्लाबाट शनिबार बिहान ७ः१३ मिनेटमा लोबुचे उडेको हेलिकप्टर खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइ घाइते भएका छन् । उनको  अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ । हेलिकप्टर के कारणले दुर्घटना भयो सो बारे थप अनुसन्धानपछि मात्रै विवरण थाहा हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १३:०३
Weather Update