News Griha :: न्यूजगृह
मनाङ एअरको हेलिकप्टर दुर्घटना
तस्बिर : भानुभक्त निरौला

काठमाडौं— मनाङ एअरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना भएको छ ।

लुक्लाबाट लोबुचे शिखर हिमालको बेशक्याप उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एअरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे ।

हाई अल्टिच्युडमा रहेका यात्रु ल्याउन बिहान सवा सात बजे उडेको हेलिकप्टर लोबुचेमा दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइलट पीके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए । 

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । उनलाई अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ । ‘अवतरणका क्रममा दुर्घटनामा परेको देखिन्छ, कारण खुलेको छैन, हाम्रो टोली दुर्घटनास्थल पुग्दैछ, यात्रु कोही नभएको कारणले मानवीय क्षति भएको छैन,’ सूचना अधिकारी भुलले भने ।

गत असारमा पनि सोलुखुम्बुमै मनाङ एअरको हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएको थियो

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०८:२४
Weather Update