UPDATE
मनाङ एअर हेलिकप्टर दुर्घटना : चालकसहित ६ जनाकै मृत्यु

काठमाडौं — सोलुखुम्बुमा मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एअरको हेलिकप्टर सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका—५ को सीमा लाम्जुरा क्षेत्रमा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर (सीबी) गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
मृत्यु हुने यात्रुमा सिफुएन्टेस जी फर्नाडो,रिंकोनइस्माइन,सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेसएब्रिक छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी दीपक श्रेष्ठले खराब मौसमका कारण शव ल्याउन समस्या भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।
थप समाचार
मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्य
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० १४:५०