News Griha :: न्यूजगृह
मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं— सोलुखुम्बुको सुर्केबाट काठमाडौं आउँदै गरेको मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । 

उक्त हेलिकप्टर लिखुपिकेको लाम्जुरा पासमा दुर्घटनामा परेको थियो । दुर्घटना स्थलमा ५ जनाको शव भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिए ।

उक्त हेलिकप्टर मंगलबार बिहान १० बजेर २५ मिनेटमा सुर्केबाट उडेको थियो । उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको थियो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए । यात्रु सबै विदेशी नागरिक हुन् । चालक भने नेपाली नागरिक हुन् । शवको पहिचान भएको छैन् ।

बेपत्ताको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १३:२५
Weather Update