News Griha :: न्यूजगृह
आजको मौसम : देशका पहाडी भूभागमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं—  हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  

 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०६:२६
Weather Update