News Griha :: न्यूजगृह
दसैँका लागि काठमाडौं छाड्ने बढे, आज एकै दिन ५० हजार बाहिरिए

काठमाडौं— नेपालीहरूको महान चाड बडादसैँ नजिकिएसँगै विभिन्न नाका हुँदै काठमाडौं उपत्यका छाड्नेको संख्या बढेको छ ।

काठमाडौंबाट बाहिरिने मुख्य नाका कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका सबै क्षेत्रमा घर फर्किनेहरूको बिहानदेखि साँझसम्म भीड बढ्न थालेको छ । हिजो साँझदेखि कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका स्थानबाट बाहिरिने यात्रुको चाप बढेको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार हिजो ४० हजारले उपत्यका छाडेकामा आज एकै दिन ५० हजारबढी बाहिरिएको अनुमान गरिएको छ ।

सरकारले लामो दूरीका लागि यही असोज २२ गतेदेखि चाडपर्व लक्षित अग्रिम बुकिङ खुला गरेसँगै बिहानदेखि बेलुकीसम्म नै गोङ्गबु, कलंकी, कोटेश्वर लगायत बसपार्कमा टिकट लिनेको भीड लाग्ने गरेको छ ।

हालसम्म ९७ हजारभन्दा बढीले अनलाइन वा प्रत्यक्षरूपमा घर जानका लागि टिकट लिएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । उनका अनुसार ७५ हजार यात्रुले काउण्टर मै पुगेर टिकट लिएका छन् । 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  २०:३३
Weather Update