
वायु सेवा निगमका अधिकृत पक्राउ मंगलबार, मंसिर २६, २०८० नक्कली कागजात एवं प्रमाणपत्र बनाएर भिजिट भिसामा खाडी मुलुक पठाइदिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले एक व्यक्तिलाई पठाएबापत १० हजार रुपैयाँ पाउने गरेको प्रहरीले बताएको छ ।

सुन तस्करी प्रकरणका अभियुक्तलाई छुटाउने भन्दै ठगेको आरोपमा दुई जना पक्राउ मंगलबार, मंसिर २६, २०८० भेपमा लुकाएर तस्करी गरी ल्याएको नौ किलो सुन चोरी गरेको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी नवराज अधिकारीले बताए । भोजपुर घर भई नागार्जुन नगरपालिका-१ रानीवन बस्ने...

वीरगञ्जका मेयर र उपमेयर समर्थकबीच कार्यालयमै कुटाकुट मंगलबार, मंसिर २६, २०८० महानगर परिसरको दक्षिणपट्टिको भवनको नवनिर्मित तेस्रो तल्लामा केही दिन अगाडि मेयर राजेशमान सिंहको कार्यालय सरेको थियो । मेयर सिंहको कार्यालय सरेपछि उनको पुरानो खाली भएको कार्यालयमा कार्यकारी अधिकृतको कार्यालय सारिएको थियो । यसअघि कार्यकारी अधिकृतको कार्यालय उपमेयरको कार्यालयसँग टाँसिएको थियो ।

आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा मंगलबार, मंसिर २६, २०८० नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार उनले राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए ।

लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाउनै पर्ने बाध्यता किन आइपर्यो? मंगलबार, मंसिर २६, २०८० ललितपुर महानगरपालिका वडा नम्बर ३ ठाडोढुङ्गा नजिकै एक रेष्टुरेन्टमा लागूऔषध कारोबारी बसेको सूचना पछि सादा पोसाकका प्रहरी त्यहाँ पुगेका थिए । सादा पोसाकका प्रहरीसँग लागूऔषध कारोबारी उदयपुर घर भएका अविनाश राईले ५५ लाख रुपैयाँमा एम्फेटामाइन आइस नामको लागूऔषध बिक्री गर्ने 'डिल' गरेका थिए ।

ललितपुरको झम्सिखेलमा गोली चल्यो मंगलबार, मंसिर २६, २०८० ललितपुरको झम्सीखेलमा गोली चलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले गोली चलाएको हो । ललितपुर महानगरपालिका–३ ठाडोढुंगामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए।

मनाङको तापक्रम माइनस १६, स्थानीय बेँसी झर्न थाले मंगलबार, मंसिर २६, २०८० जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ ।

बैङ्किङ कसुरका आरोपित शेरबहादुर पक्राउ मंगलबार, मंसिर २६, २०८० पक्राउ पर्नेमा ओखलढुङ्गाको चम्पादेवी घर भएका ३२ वर्षीय शेरबहादुर मगर छन् । शेरबहादुरलाई ललितपुरको हात्तीवनबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) रवीन्द्र रेग्मीले बताए ।

पुरुष पनि घरेलु हिंसामा ! मंगलबार, मंसिर २६, २०८० बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको जनाउँदै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी विष्टले जानकारी दिइन् ।

बढ्यो हरियो तरकारीको मूल्य मंगलबार, मंसिर २६, २०८० समितिद्वारा निर्धारित बजार मूल्य अनुसार आज भारतीय बजारको तुलनामा नेपाली गोलभेडा ३० रुपैयाँ सस्तो छ । मंगलबार भारतीय ठूलो गोलभेडाको प्रतिकेजी न्यूनतम मूल्य ८० रुपैयाँ निर्धारण हुँदा नेपाली ठूलो गोलभेडा प्रतिकेजी ५० रुपैयाँ तोकिएको छ ।

एनसेलको शेयर खरिदबिक्रीविरुद्ध सांसद अमरेशको रिटमा आज सुनुवाइ मंगलबार, मंसिर २६, २०८० सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानी पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिदबिक्री भएको दाबी गरेका छन् । उनले शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।

ध्रुबे हात्तीको दाह्रा काटियो, स्याटलाइट कलर पनि जोडियो सोमबार, मंसिर २५, २०८० सोमबार दिउँसो सवा तीन बजेतिर चितवन राष्ट्रिय निकुञ्जको सुखीभार पोष्ट नजिकै ध्रुबेलाई डार्ट (बेहोस बनाउने ओषधि लोड गरिएको बन्दुकले हान्ने) गरिएको थियो । बेहोस भएपछि हात्तीको घाँटीमा स्याटलाइट कलर जोडिएको निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । दाह्रा बढेको पाइएपछि काटेर छाडिएको उनले बताए ।









