News Griha :: न्यूजगृह
वायु सेवा निगमका अधिकृत पक्राउ

काठमाडौं— प्रहरीले नेपाल वायु सेवा निगमका अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट अधिकृत पोखरेललाई पक्राउ गरेको हो । 

नक्कली कागजात एवं प्रमाणपत्र बनाएर भिजिट भिसामा खाडी मुलुक पठाइदिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले एक व्यक्तिलाई पठाएबापत १० हजार रुपैयाँ पाउने गरेको प्रहरीले बताएको छ ।

एअरलाइन्स, प्रहरी, अध्यागमनको मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा वैदेशिक रोजगारीका लागि पठाउने गरेको कुरा केही समय अघि खुलेको थियो । 

यसमा संलग्नता भएको भन्दै अपराध अनुसन्धान कार्यालयले अहिलेसम्म २५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक जना प्रहरी, कागजात बनाउने व्यक्तिहरू थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १९:११
Weather Update