News Griha :: न्यूजगृह
आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

काठमाडौं— नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले पदबाट राजीनामा दिएका छन् ।

मंगलबार उनले राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए ।

‘उहाँले राजीनामा बुझाएर जानुभएको छ,’ मन्त्री रिजालले भने, ‘भोलि बुधबारबाट लागू हुनेगरी कार्यकारी निर्देशक थानीले राजीनामा बुझाउनुभएको छ ।’ राजीनामाको कारणबारे भने मन्त्री रिजालले केही खुलाएनन् ।

सरकारले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो । थानीले निगममा एक वर्ष नौ महिना काम गरे ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १७:१३
Weather Update