काठमाडौंमा सुर्तिजन्य पदार्थ बिक्रीमा पूर्ण प्रतिबन्ध, नगर प्रहरी परिचालनबिहीबार, मंसिर २८, २०८०
नेपालमा पहिलो पटक ‘रेन्बो’ पर्यटन सम्मेलन हुने बिहीबार, मंसिर २८, २०८० नेपालमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन हुने भएको छ । ‘यात्रा टु ह्याप्पिनेस’ भन्ने नाराका साथ आगामी माघ ४ र ५ (जनवरी १८ र १९ तारिख) मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन आयोजना हुने भएको हो ।

नेपाल प्रहरीका ५१३ जना असई सईमा बढुवा सिफारिस बिहीबार, मंसिर २८, २०८० प्रहरी प्रधान कार्यालयको बढुवा समितिले पाँच सय १३ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी प्रहरी नायब निरीक्षक (सई)मा बढुवाको लागि सिफारिस गरेको छ ।

राप्रपाको कार्यालयमा महानगरको डोजर नचल्ने, बालेनलाई धक्का बुधबार, मंसिर २७, २०८० अदालतले व्यक्तिको नाममा रहेको पार्टी कार्यालय भवनको नक्सापास गरिदिन पनि परमादेश दिएको छ । यसअघि न्यायाधीश सुभाष पौडेल र नारायण प्रसाद पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको उक्त जग्गामा निर्मित भवन भत्काउने कार्य नगर्न नगराउन काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकको मृत्यु बुधबार, मंसिर २७, २०८० सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने पक्षबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका २५ वर्षका लक्ष्मी मुखियाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

महानगरले काठमाडौंमा २६४ वटा बस बिसैनी निर्माण गर्ने बुधबार, मंसिर २७, २०८० बस बिसौनिसँगै नगरभित्र यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको छ ।

एनसेल सम्बन्धी रिट : चौथो पटक पेसी चढ्यो, न्यायाधीश सुवेदीको इजलासमा सुनुवाइ हुने बुधबार, मंसिर २७, २०८० सांसद सिंहले शुक्रबार दायर गरेको रिट निवेदनमा पेसी तोकिएको बुधबार चौथो पटक हो । यसअघि आइतबार, सोमबार र मंगलबार पेसी तोकिएर पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।
-1702443114.jpg)
संयुक्त राष्ट्रसङ्घको आपतकालीन बैठकले पारित गर्यो इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव बुधबार, मंसिर २७, २०८० १५३ देशले गाजामा युद्धविरामको पक्षमा मतदान गरेका छन् । १० सदस्य राष्ट्रले विरोध गरे भने २३ सदस्य अनुपस्थित रहे । युद्धविराम प्रस्तावको विपक्षमा मतदान गर्ने देशहरूमा अमेरिका, अस्ट्रिया, चेक रिपब्लिक, ग्वाटेमाला, इजरायल, लाइबेरिया, माइक्रोनेसिया, नाउरु, पपुवा न्युगिनी र पाराग्वे समावेश छन् ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई ठूलो राहत बुधबार, मंसिर २७, २०८० बेलायतका प्रधानमन्त्री ऋषि सुनकले रुवाण्डा आप्रवासन नीतिमा ठूलो राहत पाएका छन् । बेलायती संसद्मा रुवाण्डा आप्रवासन विधेयक पारित भएको छ । प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टीका सबै सांसदहरूले सरकारको रुवाण्डा आप्रवासन विधेयकको पक्षमा मतदान गरेपछि सुनकलाई ठूलो राहत मिलेको हो ।
![लोक सेवा आयोगले माग्यो न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ २७३ कर्मचारी [सूचनासहित]](https://newsgriha.com/uploads/posts/520X390/lok-sewa-aayog1683095799.jpg)
लोक सेवा आयोगले माग्यो न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ २७३ कर्मचारी [सूचनासहित] बुधबार, मंसिर २७, २०८० बुधबार सूचना प्रकाशित गरी आयोगले न्याय सेवा, परराष्ट्र सेवा र मानवअधिकार सेवातर्फ खुला तथा समावेशी पद्धतिबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन मागेको हो ।

काठमाडौं महानगरमा आजदेखि सुर्तीजन्य पदार्थ बेच्न नपाइने, धूमपान पनि निषेध बुधबार, मंसिर २७, २०८० महानगरको स्वास्थ्य विभागले १५ दिन अगाडि सूचना जारी गर्दै आजदेखि लागू हुने गरी महानगरपालिका क्षेत्रभित्र प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपराग सहितका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्णरूपमा प्रतिबन्ध लगाइने जनाएको थियो ।

काठमाडौंमा आज यो वर्षकै न्यून तापक्रम बुधबार, मंसिर २७, २०८० काठमाडौं उपत्यकामा आज यो वर्षको न्यून तापक्रम मापन गरिएको छ । बिहान ५:४५ बजे काठमाडौंमा ५.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु बुधबार, मंसिर २७, २०८० आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।









