लोक सेवा आयोगले माग्यो न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ २७३ कर्मचारी [सूचनासहित]
![लोक सेवा आयोगले माग्यो न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ २७३ कर्मचारी [सूचनासहित]](https://newsgriha.com/uploads/posts/lok-sewa-aayog1683095799.jpg)
काठमाडौं— लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीको पदका लागि २७३ कर्मचारी माग गरेको छ ।
बुधबार सूचना प्रकाशित गरी आयोगले न्याय सेवा, परराष्ट्र सेवा र मानवअधिकार सेवातर्फ खुला तथा समावेशी पद्धतिबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन मागेको हो ।
आयोगले राजपत्रांकित तृतीय श्रेणीको न्याय सेवातर्फ ६८ जना, परराष्ट्र, प्रशासन र लेखापरीक्षणतर्फ २०३ जना र मानवअधिकार सेवातर्फ २ जना कर्मचारी मागेको हो।
दुई चरणमा हुने परीक्षामा लिखित, सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता हुनेछ । इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले पुस १७ सम्म आवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ । उम्मेदवारहरूले आयोगको वेबसाइटबाट दरखास्त दिन सक्नेछन् ।
दरखास्त दस्तुर १ हजार २ सय र समावेशी समूहको थप ४ सय निर्धारण गरिएको छ ।



प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८० ०७:४४













