News Griha :: न्यूजगृह
अदालतमा ३० लाख बुझाएका खाणलाई सम्पत्ति शुद्धीकरणले माग्यो १५ लाख धरौटी
अदालतमा ३० लाख बुझाएका खाणलाई सम्पत्ति शुद्धीकरणले माग्यो १५ लाख धरौटी नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको फैसलाले ३० लाख धरौटीमा छुटेका खाण थप मुद्दाको सिलसिलामा विभागमा पुर्‍याइएका थिए । विभागमा बयानपछि १५ लाख धरौटी मागिएको छ । खाणले जग्गा धितो राखेर बैंक ग्यारेन्टी पेस गरेका छन् ।
सुर्तीजन्य पदार्थ बिक्री रोक्ने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको अन्तरिम आदेश
सुर्तीजन्य पदार्थ बिक्री रोक्ने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको अन्तरिम आदेश श्रीराम टोबागो उद्योगले हालेको मुद्दामा उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म काठमाडौं महानगरको मंसिर १२ को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । 
कारागारबाट छुटे नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री खाण, सम्पत्ति शुद्धीकरण र अख्तियार लगिँदै
कारागारबाट छुटे नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री खाण, सम्पत्ति शुद्धीकरण र अख्तियार लगिँदै नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण केन्‍द्रीय कारागार जगन्नाथदेवलबाट छुटेका छन्। 
पेस्तोल र खैरो हेरोइनसहित २ जना पक्राउ
पेस्तोल र खैरो हेरोइनसहित २ जना पक्राउ अवैध हतियार पेस्तोल र लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले इलामका चिरञ्जीवी सेन्चुरी र नवलपुर कावासोतीका लेखबहादुर कार्कीलाई पक्राउ गरेको हो ।
साढे तीन वर्षभित्र काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुन्छः बालेन
साढे तीन वर्षभित्र काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुन्छः बालेन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अबको साढे तीन वर्षभित्र काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुने बताएका छन् । 
अनशन बस्दै डा. गोविन्द केसी
अनशन बस्दै डा. गोविन्द केसी चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्ने भएका छन् ।सरकारले विगतमा पटकपटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै शुक्रबार केसीले पत्रकार सम्मेलन गर्दै बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको बताए ।
सुन जस्तो देखिने धातुसहित मकवानपुरबाट दुई जना पक्राउ
सुन जस्तो देखिने धातुसहित मकवानपुरबाट दुई जना पक्राउ हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट सुनजस्तो देखिने धातुसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिपले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु, घाइते सहायक हवल्दारलाई काठमाडौं पठाइयो
जिपले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु, घाइते सहायक हवल्दारलाई काठमाडौं पठाइयो जिपको ठक्करले बाँकेको कोहलपुरमा एक प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जिपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको मृत्यु भएको हो । जिपको ठक्करबाट प्रहरी जवान वलीको घटनास्थलमै मृत्यु भएको हो ।
यी देशमा छ महिनावारी बिदा
यी देशमा छ महिनावारी बिदा लुम्बिनी प्रदेश सभाले प्रदेश निजामती ऐनमा महिला कर्मचारीका लागि ‘महिनावारी’ बिदा दिने निर्णय पारित गरेसँगै सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस भइरहेको छ । सुरुमा सामाजिक सञ्जालमा जानकारीका रुपमा राखेका धेरै महिलाहरूले बिदाको पक्षमा वकालत गरिरहेका छन् ।
हराइरहेकी बालिकाको शव पोखरीमा भेटियो, बलात्कारपछि हत्याको आशंका
हराइरहेकी बालिकाको शव पोखरीमा भेटियो, बलात्कारपछि हत्याको आशंका धनुषामा बुधबार साँझदेखि हराइरहेकी बालिकाको शव पोखरीमा फेला परेको छ । सबैला नगरपालिका–९ सतोखरकी ६ वर्षीया राखी यादवको शव पोखरीमा फेला परेको प्रहरीले जनाएको छ। शवको प्रकृति हेर्दा बलात्कार गरी हत्या भएको देखिएको छ ।  
तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा धनुषामा २ जनाको मृत्यु, एक जना गम्भीर घाइते
तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा धनुषामा २ जनाको मृत्यु, एक जना गम्भीर घाइते धनुषामा तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य एकजना गम्भीर घाइते छन् ।
नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग्यो [सूचनासहित]
नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग्यो [सूचनासहित] नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले प्राविधिक, हवाईसहित विविध सेवातर्फका पदिक तथा बिल्लादार पदहरूमा दरखास्त माग गरेको हो । 
Weather Update