अनशन बस्दै डा. गोविन्द केसी

काठमाडौं— चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्ने भएका छन् ।
सरकारले विगतमा पटकपटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै शुक्रबार केसीले पत्रकार सम्मेलन गर्दै बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको बताए ।
केसीले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गर्ने माग राखेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० १३:३२