पेस्तोल र खैरो हेरोइनसहित २ जना पक्राउ

काठमाडौं— पेस्तोल र लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले इलामका चिरञ्जीवी सेन्चुरी र नवलपुर कावासोतीका लेखबहादुर कार्कीलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ५ राउण्ड गोली लोड भएको म्याग्जिनसहितको पेस्तोल, खाली म्याग्जिन र लागूऔषध खैरौ हेरोइन जस्तो देखिने लेसिलो पदार्थ ५ ग्राम फेला परेको कार्यालयका सूचना अधिकृत मिलन केसीले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई लागूऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत जगाती भक्तपुरमा पठाइएको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० १५:२४













