छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइयोआइतबार, पुस १, २०८०

मोटरसाइकल दुर्घटनामा वडासदस्यको मृत्यु आइतबार, पुस १, २०८० माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित भएका थिए ।

टिपरको ठक्करबाट मामा-भान्जाको मृत्यु, आफन्तद्वारा यातायात बन्दको घोषणा आइतबार, पुस १, २०८० शुक्रबार राति घोराही उपमहानगरपालिका- १० झारबैरामा भएको दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव अस्पतालबाट नउठाउने र आइतबार दाङमा यातायात बन्दको आव्हान गरिएको संघर्ष समितिका संयोजक प्रमोद पोख्रेलले बताए ।

२५ किलो चरेससहित काठमाडौंबाट २ जना पक्राउ आइतबार, पुस १, २०८० पक्राउ पर्नेमा धादिङको गल्छीस्थित कोइलीखर्कका भीमबहादुर तामाङ र कान्छा तामाङ छन् । ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले भने, 'सुराकी पाएपछि शुक्रबार राति नै टोली परिचालन गरिएको थियो । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।'

विवाह पञ्चमीको अवसरमा आज मधेस प्रदेशमा सार्वजनिक बिदा आइतबार, पुस १, २०८० मधेस प्रदेशको क्यालेन्डर अनुसार साताव्यापी विवाहपञ्चमी महोत्सव बिदा दिइने उल्लेख छ । मुख्यमन्त्री सरोजकुमार यादवले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

आगामी शनिबारदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने आइतबार, पुस १, २०८० आगामी शनिबारदेखि नारायणगढ मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि पुस ७ गतेदेखि ३ हप्तासम्म बिहान ११ बजेदेखि ३ बजेसम्म सडक हुने भएको हो ।

तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना आइतबार, पुस १, २०८० नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

अमेरिकाबाट आएको ५५ केजी गाँजा त्रिभुवन विमानस्थलबाट बरामद शनिबार, मंसिर ३०, २०८० १०८ वटा कार्टुनमा प्याक गरेर ल्याइएको उक्त गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेले जानकारी दिए ।

ठगी मुद्दाका अभियुक्तलाई दुबईमा पक्राउ गरी नेपाल ल्याइयो शनिबार, मंसिर ३०, २०८० प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा ठगी गरेको आरोपमा यूएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ ।

भारतबाट पसेका हात्ती फर्किएनन्, झापा, मोरङ र सुनसरीमा त्रास शनिबार, मंसिर ३०, २०८० झापा, मोरङ र सुनसरी क्षेत्रका जङ्गलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ । एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई, मोरङमा एक र सुनसरीमा एक गरी चारजनाको मृत्यु भइसकेको छ । मेचीनगर नगरपापालिका–४ का हात्ती संरक्षण अभियानकर्मी शङ्कर लुइँटेलका अनुसार गत कात्तिक ३...

सीमा सुरक्षाबारे सुझाव माग्दै सशस्त्र शनिबार, मंसिर ३०, २०८० सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सङ्गठनको लक्ष्य प्राप्तिमा यस प्रकारका छलफल महत्वपूर्ण र फलदायी रहने उल्लेख गर्दै प्राप्त सुझाव, सल्लाह तथा रचनात्मक सहयोग सङ्गठनको वृत्तिविकासका लागि मार्गदर्शक समेत हुने बताए । सुझाव सङ्कलनमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत, किशोरकुमार लामा, शैलेन्द्रकुमार श्रेष्ठ, कोषराज वन्त, सिहंबहादुर श्रेष्ठ र पुष्पराम...

एमालेको संकल्प यात्रा बिथोल्न कोशीमा यातायात बन्द, ६ जना बन्दकर्ता पक्राउ शनिबार, मंसिर ३०, २०८० कोशीमा यातायात बन्द गराउँदै हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान धरानबाट ५ जना र झापाको केरखाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको हो । नेकपा एमालेको संकल्प यात्रा बिथोल्न खोजेको आरोपमा पक्राउ परेकाहरूलाई रिहा गर्न माग गर्दै कोशीका आन्दोलनकारीले आज बन्दको घोषणा गरेका थिए ।

मेलम्चीको पानी छिटो ल्याउन माग गर्दै काठमाडौंवासी आन्दोलित शनिबार, मंसिर ३०, २०८० मेलम्ची खानेपानी आयोजनाको मर्मत सम्भार गरी यथाशीघ्र पानी ल्याउन माग गर्दै काठमाडौंका बासिन्दा आन्दोलित बनेका छन् ।यसअघि स्थानीय संघर्ष समिति नै गठन गरी अर्थमन्त्री प्रकाशशरण महत र खानेपानीमन्त्री महिन्द्र राय यादवलाई भेटेर ज्ञापन पत्र समेत बुझाइसकेका उनीहरूले चरणवद्ध रुपमा विभिन्न कार्यक्रम गरी सरकारलाई दबाब दिइरहेका छन् ।









