बलात्कार मुद्दामा रेड नोटिस जारी भएका उमेश लामा कुवेतमा पक्राउमंगलबार, पुस ३, २०८०
![भारतमा निलम्बित सांसदको संख्या १४१ पुग्यो [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/bharat-samsad-1702974915.jpg)
भारतमा निलम्बित सांसदको संख्या १४१ पुग्यो [अपडेट] मंगलबार, पुस ३, २०८० भारतमा संसद्को हिउँदे अधिवेशनमा विपक्षी सांसदहरूले विरोध गरेपछि थप ४९ सांसद निलम्बनमा परेका छन् ।यसरी संसद्को इतिहासमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा निलम्बनमा परेका हुन् । आजको समेत गरेर निलम्बित सांसदको संख्या १४१ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

निर्माणाधीन मन्त्री क्वार्टरमा आगलागी मंगलबार, पुस ३, २०८० मंगलबार बिहान क्वार्टरभित्र रहेको एक टहरामा आगलागी भएको प्रहरीले जनाएको छ । क्वार्टर निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा आगलागी भएको प्रहरी प्रभाग भैँसेपाटीले जनाएको छ ।

३ सय ८० किलो गाँजासहित दुई जना पक्राउ मंगलबार, पुस ३, २०८० भरतपुर महानगरपालिका–१ आँपटारीबाट करिब ३ सय ८० किलो लागूऔषध गाँजासहित २ जनालाई मंगलबार बिहान पक्राउ गरेको चितवन प्रहरीले जनाएका छन् । पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल छन् ।

चीनमा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, विद्युत र पानी आपूर्ति अवरुद्ध मंगलबार, पुस ३, २०८० नेपालको उत्तरी छिमेकी देश चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १११ पुगेको छ ।चीनको उत्तरपश्चिमी प्रान्त गान्सु र छिङहाईमा सोमबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता ६.२ रिक्टर स्केलमा मापन गरिएको छ । भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ ।

भारतमा एकै दिन ७८ विपक्षी सांसद निलम्बित मंगलबार, पुस ३, २०८० भारतमा एकै दिन संसद्को दुवै सदनका गरी ७८ जना विपक्षी सांसद निलम्बित भएका छन् ।गत साता संसद्को तल्लो सदन लोक सभाको बैठक चलिरहेका बेला दुई युवकले दर्शक दीर्घाबाट हाम फालेर सभा कक्षमा हल्लीखल्ली मच्चाएको विषयलाई लिएर गृहमन्त्रीको जवाफ माग गर्दै सोमबार विपक्षी सांसदले दुवै सदनमा विरोध गरेका थिए ।

प्रश्नपत्र दिने बहानामा छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ मंगलबार, पुस ३, २०८० कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक सार्कीलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए । पीडित छात्राले आफूमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका लागि जाहेरी दिएकी थिइन् ।

भारतको तामिलनाडुमा भारी वर्षा, बस्ती डुबानमा मंगलबार, पुस ३, २०८० भारतको दक्षिणी राज्य तामिलनाडुमा भारी वर्षाका कारण स्थानीय बस्ती डुबानमा परेका छन् । वर्षाका कारण रेल तथा हवाइ सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ । भारतीय मौसम विज्ञान विभागका अधिकारीहरूले हिन्द महासागर र दक्षिण पश्चिम बङ्गालको खाडीमा श्रीलङ्काको दक्षिणी तटमा चक्रवाती सञ्चारको प्रभावका कारण वर्षा भएको बताएका छन् ।
-1696254918.jpg)
पाँच लाख घुससहित वडाध्यक्ष पक्राउ सोमबार, पुस २, २०८० ख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले सेवाग्राहीसँग घुस लिएको आरोपमा बाराको जितपुर-सिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष तारा कार्कीलाई पक्राउ गरेको छ ।
-1702886487.jpeg)
त्रिविको दीक्षान्त बन्यो विश्व रेकर्ड सोमबार, पुस २, २०८० त्रिविले विश्व कीर्तिमान बनाउने दाबीसहित गिनिज बुक अफ वर्ल्ड रेकर्डस्का प्रतिनिधिलाई काठमाडौंमा बोलाएको थियो । सोहीअनुसार अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर)का प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
-1702886487.jpeg)
त्रिविबाट साढे ७३ हजार विद्यार्थी दीक्षित, वर्ल्ड रेकर्डका लागि गिनिज बुकमा आवेदन सोमबार, पुस २, २०८० त्रिभुवन विश्वविद्यालयले ५ अध्ययन संस्थान र ४ सङ्कायमा आंगिक र सम्बन्धन प्राप्त क्याम्पसबाट पढाइ पूरा गरेका ७३ हजार ७ सय ४९ विद्यार्थीलाई सोमबार दीक्षित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको ४९ औं दीक्षान्त समारोहस्थलबाट १२ हजार ४ सय १५ जना दीक्षित भएका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

बाँकेको कोहलपुरमा टिपरले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते सोमबार, पुस २, २०८० बाँकेको कोहलपुर नगरपालिका–३ मैटहवा नजिकै टिपरले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।सोमबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कोहलपुरबाट बाँसगढीतर्फ जाँदै गरेको भे १ ज ७४७ नम्बरको भ्यानलाई पछाडिबाट टिपरले ठक्कर दिँदा १३ जना घाइते भएका हुन् ।

मनहरीमा जङ्गली हात्तीको आतंक सोमबार, पुस २, २०८० मनहरी गाउँपालिका–८ सिम्पानीमा जङ्गली हात्तीले आतंक मच्चाउँदा एक घर पूर्णरूपमा क्षति भएको छ । गएराति आई टल्के चेपाङको जस्ता र ढुङ्गाले बनेको एक तले घरमा आक्रमण गर्दा घर पूर्णरुपमा क्षति भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।









