News Griha :: न्यूजगृह
निर्माणाधीन मन्त्री क्वार्टरमा आगलागी 

ललितपुर— भैँसेपाटीस्थित निर्माणाधीन मन्त्री क्वार्टरमा आगलागी भएको छ ।

मंगलबार बिहान क्वार्टरभित्र रहेको एक टहरामा आगलागी भएको प्रहरीले जनाएको छ । क्वार्टर निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा आगलागी भएको प्रहरी प्रभाग भैँसेपाटीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान सवा ११ बजेतिर लागेको  आगो नियन्त्रणमा आइसकेको छ ।  आगलागीबाट एउटा टहरोमा बाहेक अरु ठूलो क्षति नभएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १३:५४
Weather Update