रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका ५ जनाको मृत्यु, ८ घाइतेबिहीबार, पुस ५, २०८०

काठमाडौंको तापक्रम यो वर्ष अहिलेसम्मकै कम बिहीबार, पुस ५, २०८० 'यो वर्षका लागि आजको तापक्रम अहिलेसम्मकै न्यून हो । पौने ९ बजे यो भन्दा पनि तापक्रम घट्न सक्छ,' मौसमविद् सञ्जीव अधिकारीले भने । काठमाडौंको तापक्रम दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहनेछ । हिजो बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियस थियो ।
![रुसी सेनामा कार्यरत चार नेपाली युक्रेनमा बन्धक [विवरणसहित]](https://newsgriha.com/uploads/posts/520X390/forigen1689483105.jpg)
रुसी सेनामा कार्यरत चार नेपाली युक्रेनमा बन्धक [विवरणसहित] बुधबार, पुस ४, २०८० परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति प्रकाशित गरी युक्रेनमा चार जना नेपाली नागरिकहरूलाई बन्दी बनाएको सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु, मृतकको संख्या ६ पुग्यो बुधबार, पुस ४, २०८० परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसस्थित नेपाली दूतावासलाई आग्रह गरेको छ ।

२८ दिनभित्रमा मेलम्चीको पानी काठमाडौं झर्ने बुधबार, पुस ४, २०८० आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने गरी तयारी थालिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। आकस्मिक परिस्थिति पर्न नआएको अवस्थामा निर्धारित समयभित्र काठमाडौंका घरघरमा मेलम्चीको पानी पुग्ने उनको भनाइ थियो ।

२ हजार ४७ मतदाताले राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने, कूल मतभार ५७ हजार ५५९ बुधबार, पुस ४, २०८० आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगका अनुसार कूल २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

डलर साटिदिने बहानामा लुटपाट, ८ जना पक्राउ बुधबार, पुस ४, २०८० काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो । उनीहरुले विभिन्न स्थानबाट अमेरिकन डलर साट्ने भनी प्रलोभनमा पारेर डलर देखाई पैसा लुटपाट गर्ने गरेको पाइएको परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य बुधबार, पुस ४, २०८० मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो । यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ ।

जाजरकोट भूकम्प : नलगाड र जुनीचाँदेका पीडितले पाएनन् सहयोग बुधबार, पुस ४, २०८० लाभग्राहीसँग सम्झौता गर्दा आवश्यक पर्ने कागजात समयमा जुटाउन नसक्दा त्रिपालबाट अस्थायी आवासमा सार्ने योजनामा ढिलाइ भएको प्रजिअ सुनारले बताए । वडा कार्यालयमा दक्ष र पर्याप्त जनशक्ति नहुँदा अनुदान पाउन ढिलाइ भएको पीडितको गुनासो छ । भूकम्पपीडित त्रिपालमा बस्नुपर्ने बाध्यताकाबीच बढ्दै गएको चिसोले धेरै बिरामी पर्न थालेका छन् ।

काठमाडौंका यी ठाउँमा बन्द हुँदैछ विद्युत आपूर्ति बुधबार, पुस ४, २०८० काठमाडौंका केही ठाउँमा फरकफरक दिनमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले त्यस क्षेत्रमा केही दिन साढे ४ घण्टा विद्युत सेवा बन्द हुने भएको हो ।

१६ वर्षीया बालिकाको ४० वर्षका पुरुषसँग जबरजस्ती विवाह गराइदिने आमासहित ५ पक्राउ बुधबार, पुस ४, २०८० पूर्वी नवलपरासीको कावासोतीमा ४० वर्षको पुरुषसँग १६ वर्षकी छोरीको विवाह गराइदिएको आरोपमा प्रहरीले बालिकाकी आमासहित पाँच जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरले बालिकाको भाउजूले दिएको उजुरीको छोरीलाई दबाब दिएर विवाह गराउने आमा, दुई जना सानीमा र एक जना सानोबुबा सहित विवाह गर्ने पुरुषलाई पनि समातेको हो ।

बस र ट्रक ठोक्किँदा बारामा चालकसहित ३ जनाको मृत्यु बुधबार, पुस ४, २०८० दुर्घटनामा ट्रक चालक तनहुँका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुरका ४० वर्षीय हरि शमशेर र अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए । उनीहरूको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र...

डीआईले यौन दुर्व्यवहार गरेको भन्दै ह्वाइट हाउस कलेजका छात्राहरू आन्दोलित, घेरे प्रहरी वृत्त, आरोपित पक्राउ मंगलबार, पुस ३, २०८० डीआई नेपालविरुद्ध विद्यार्थीले उजुरी दिएपछि प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको हो । विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार आरोप लागेका ती डीआई हिरासतमा छन् । विद्यार्थीहरूले मंगलबार बानेश्वर वृत्तसमेत घेराउ गरेका छन् ।









