News Griha :: न्यूजगृह
५५३ असई सईमा र ६६२ प्रहरी वरिष्ठ हवल्दार असईमा बढुवा [सूचीसहित]
५५३ असई सईमा र ६६२ प्रहरी वरिष्ठ हवल्दार असईमा बढुवा [सूचीसहित] बढुवा नियुक्ति भएका सबै प्रहरी अधिकारीलाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा रासनसमेत अहिले पदस्थापन भएको दरबन्दीबाट पाउने गरी पदस्थापन गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ भने आवश्यक कारवाही गर्न गराउन तथा दर्ज्यानी चिन्ह प्रदान गर्न गराउनसमेत सम्बन्धित कार्यालयलाई अनुरोध गरेको छ ।
आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा लिमिटेडको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिद्वारा दरखास्त आह्वान सम्बन्धी सूचना प्रकाशित गरेको हो ।
यी क्षेत्रमा आज हिमपात र वर्षाको सम्भावना
यी क्षेत्रमा आज हिमपात र वर्षाको सम्भावना हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी,  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ...
कुवेतबाट फर्किएकी महिलाले वैदेशिक रोजगार विभागमै मेनपावर व्यवसायीलाई कुटिन
कुवेतबाट फर्किएकी महिलाले वैदेशिक रोजगार विभागमै मेनपावर व्यवसायीलाई कुटिन वैदेशिक रोजगार विभाग परिसरभित्रै एक मेनपावर व्यवसायीमाथि कुटपिट भएको छ ।वैदेशिक रोजगारीका लागि कुवेतबाट फर्किएकी एक जना महिलाले मेनपावर व्यवसायीमाथि कुटपिट गरेकी हुन् ।
काठमाडौं महानगरभित्रका स्कुलले अब डीआई राख्न नपाउने
काठमाडौं महानगरभित्रका स्कुलले अब डीआई राख्न नपाउने 'विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने गरेको छ,'  सूचनामा भनिएको छ, 'शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएको छ।' 
‘विचाराधीन मुद्दामा मिडिया ट्रायल घातक’
‘विचाराधीन मुद्दामा मिडिया ट्रायल घातक’ विषेश अदालतको पत्रकार सम्मेलनमा उनले विभिन्न मुद्दाका सम्बन्धमा हुने ‘मिडिया ट्रायल’ले समस्या पर्ने बताउँदै फैसला आइसकेपछि आउने समाचार र मुद्दा विचाराधीन अवस्थामै आउने समाचारले पार्ने प्रभावका बारेमा सचेत रहन पत्रकारहरूलाई आग्रह गरे ।
होटल/गेस्ट हाउसहरूमा बालिकालाई बन्धक बनाएर वेश्यावृत्तिमा लगाउने युवक पक्राउ, ४ जनाको उद्दार
होटल/गेस्ट हाउसहरूमा बालिकालाई बन्धक बनाएर वेश्यावृत्तिमा लगाउने युवक पक्राउ, ४ जनाको उद्दार आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई ललाइ फकाई होटल र गेस्ट हाउसहरूमा वेटर तथा सरसफाइको काममा लगाई दिने भन्दै वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको र पीडित बालिकाहरूलाई ५ महिनादेखि होटल र गेस्ट हाउसहरूबाट बाहिर समेत निस्कन नदिई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको पनि एसएसपी श्रेष्ठले...
के नेपालमा कोरोनाको नयाँ भेरियन्ट भित्रिएको हो?
के नेपालमा कोरोनाको नयाँ भेरियन्ट भित्रिएको हो? भारतको केरला र नयाँदिल्लीमा नयाँ भेरियन्टबाट प्रभावित केही व्यक्ति फेला परेको समाचार आइरहेको तर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचेत रहेको प्रवक्ताले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अहिले भारतमा फेला परेका व्यक्तिमा पनि घातक असर नपाइएको र नेपालमा भित्रिनसकेको बताए ।  
काठमाडौंसहित देशभर अत्यधिक चिसो, सतर्कता अपनाउन महाशाखाको अनुरोध
काठमाडौंसहित देशभर अत्यधिक चिसो, सतर्कता अपनाउन महाशाखाको अनुरोध देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घटेर चिसो बढेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव पाँच र अधिकतम तापक्रम १९ डिग्रीसेल्सियस रहेको छ ।
विद्यालय पोशाक बाहेक अन्य पोशाक किन्न बाध्य पार्ने स्कुललाई काठमाडौं महानगरले कारबाही गर्ने
विद्यालय पोशाक बाहेक अन्य पोशाक किन्न बाध्य पार्ने स्कुललाई काठमाडौं महानगरले कारबाही गर्ने काठमाडौं महानगरपालिकाले विद्यालयहरूले चाडपर्वका नाममा विद्यार्थीलाई विभिन्न पोशाक किन्न बाध्य पारेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ ।
थुनुवाको मृत्युपछि धनुषामा प्रदर्शन, प्रहरीले चलाएको गोली लागेर एक जना घाइते
थुनुवाको मृत्युपछि धनुषामा प्रदर्शन, प्रहरीले चलाएको गोली लागेर एक जना घाइते धनुषाको हंसपुर इलाका प्रहरी कार्यालयको हिरासतमा गएराति एक जना थुनुवाको मृत्यु भएको छ । थुनुवा स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो ।
चार्ल्स विश्वविद्यालयमा २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा १४ जनाको मृत्यु, गोली चलाउने पनि मारिए 
चार्ल्स विश्वविद्यालयमा २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा १४ जनाको मृत्यु, गोली चलाउने पनि मारिए  चेक रिपब्लिकको राजधानी पाराग्वेस्थित चार्ल्स युनिभर्सिटीमा एक व्यक्तिको गोली प्रहारबाट १४ जनाको मृत्यु भएको छ । गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । घटनामा अन्य २४ जना घाइते छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार बिहीबार मानविकी संकाय (आर्टस् फ्याकल्टी)को एक २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाएका थिए ।...
Weather Update