काठमाडौं महानगरभित्रका स्कुलले अब डीआई राख्न नपाउने

काठमाडौं— काठमाडौं महानगरपालिकाभित्र सञ्चालित विद्यालयले अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् ।
शुक्रबार विद्यार्थीको अनुशासन कायम राख्न भन्दै डीआई नराख्न महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले सूचनामार्फत भनेका छन् ।
यो पनि पढ्नुहोस
डीआईले यौन दुर्व्यवहार गरेको भन्दै ह्वाइट हाउस कलेजका छात्राहरू आन्दोलित, घेरे प्रहरी वृत्त, आरोपित पक्राउ
'विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने गरेको छ,' सूचनामा भनिएको छ, 'शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएको छ।'
यस्तै, विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज नराख्न महानगरपालिकाले सूचनामार्फत आह्वान गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८० १८:१३













