News Griha :: न्यूजगृह
डीआईले यौन दुर्व्यवहार गरेको भन्दै ह्वाइट हाउस कलेजका छात्राहरू आन्दोलित, घेरे प्रहरी वृत्त, आरोपित पक्राउ
तस्बिर : नेपालखबर

काठमाडौं— तीनकुनेस्थित ह्वाइट हाउस कलेजका डिसिप्लिन इन्चार्ज (डीआई) कृष्ण नेपाल पक्राउ परेका छन् ।

परीक्षा चलिरहेका बेला चेकजाँचका नाममा छात्राहरूको संवेदनशील अङ्गमा हात हालेको र कपाल पनि लुछेको आरोप उनीमाथि लागेको छ ।

डीआई नेपालविरुद्ध विद्यार्थीले उजुरी दिएपछि प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको हो । विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार आरोप लागेका ती डीआई हिरासतमा छन् । विद्यार्थीहरूले मंगलबार बानेश्वर वृत्तसमेत घेराउ गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १९:४२
Weather Update