News Griha :: न्यूजगृह
यी क्षेत्रमा आज हिमपात र वर्षाको सम्भावना

काठमाडौं— हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । 

कोशी,  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाको अनुरोध छ ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०६:२१
Weather Update