आज क्रिसमस मनाउँदै क्रिश्चियन धर्मावलम्बीसोमबार, पुस ९, २०८०

डब्लूएचओले भन्यो- 'कोभिडको नयाँ भेरियन्ट फैलिँदो छ, सतर्कता अपनाउनू' सोमबार, पुस ९, २०८० कोभिड-१९ र यसको नयाँ भेरियन्ट 'जेएन.१' तथा इन्फ्लुएन्जाको सङ्क्रमण बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सतर्कता अपनाउन आग्रह गरेको छ ।दक्षिणपूर्वी एसियाली देशहरूमा यसको सङ्क्रमणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरू बढिरहेको भन्दै डब्लूएचओले त्यस्तो सङ्क्रमणबारे सजग रहन र सुरक्षाका उपायहरू अपनाउन आग्रह गरेको हो ।

रविले कारबाही नगर्नु भन्दाभन्दै पनि किन मुद्दा चलाइयो 'खोया' हान्ने रानाभाटलाई ? सोमबार, पुस ९, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने लमजुङका ३४ वर्षीय सन्तोष रानाभाटविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको छ ।शनिबार अमरसिंह चौरमा रास्वपाको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा लामिछानेलाई रानाभाटले खोया प्रहार गरेका थिए । तर, लामिछानेले कार्यक्रमबाटै उनलाई छाडिदिन आग्रह गरेका थिए ।

रम्बा चाउचाउमा न्यूनस्तरको खाद्य पदार्थ भेटियो आइतबार, पुस ८, २०८० पोखरा नुडल्सको रम्बा चाउचाउमा न्यूनस्तरको खाद्य पदार्थ भेटिएको छ । म्याग्दीको किराना पसलमा केही महिना अगाडि न्यूनस्तरको खाद्य पदार्थ भेटिएको थियो ।

अफलाइन चलाउने पठाओ र इनड्राइभका ४८ जना राइडर पक्राउ आइतबार, पुस ८, २०८० अफलाइन ड्राइभ गरेको भेटिएपछि उनीहरूलाई शनिबार काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) कुमोध ढुङ्गेलले बताए ।

रविलाई मकैको खोया प्रहार गर्ने रानाभाटलाई १० दिन हिरासतमा राख्न प्रशासनको अनुमति आइतबार, पुस ८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गरेको आरोपमा पक्राउ परेका सन्तोष रानाभाटलाई १० दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।सार्वजनिक शान्ति भंग गरेको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा ‘हेर्दाहेर्दै’मा, अब बुधबार मात्र सुनुवाइ आइतबार, पुस ८, २०८० आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ ।सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले बुधबार उक्त मुद्दा न्यायाधीश ढकालकै इजलासमा सुनुवाइ हुनेछ ।

कतारमा मृत्युदण्डको सजाय पाएका सुवासलाई स्वदेश फर्काइयो आइतबार, पुस ८, २०८० कतारको अदालतले मृत्युदण्ड सुनाएका झापाको कनकाई नगरपालिका– ४ का सुवास राउत स्वदेश फर्किएका छन् । सहकर्मीको हत्या अभियोगमा त्यहाँको अदालतले तीन वर्ष कैदसहित मृत्युदण्ड वा ९० लाख रुपैयाँ ब्लड मनी दिनुपर्ने फैसला सुनाएको थियो ।

काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु आइतबार, पुस ८, २०८० काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा न. ३२ खहरे बस्ने ४२ वर्षीय कुमार आचार्यको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

उच्च अदालतमा स्वचालित पेसी व्यवस्थापन सुरु आइतबार, पुस ८, २०८० देशभरका सबै उच्च अदालतहरूका मुद्दा पेसीमा स्वचालित प्रणाली सुरु भएको छ । आज बिहान उच्च अदालत पाटनमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो प्रणालीको उद्घाटन गरेसँगै देशभरका उच्च अदालतहरूमा स्वचालित पेसी प्रणाली सुरु गरेका हुन् ।

स्वास्थ्यकर्मीमाथि जातीय भेदभाव गर्ने दुई जना पक्राउ आइतबार, पुस ८, २०८० मुगुको सोरु गाउँपालिका–९, खनैयाँमा कार्यरत स्वास्थ्यकर्मी तुलसाकुमारी विकमाथि जातीय भेदभाव गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार जातीय भेदभाव गरेको आरोपमा झापु शाही र धनबहादुर भट्टलाई पक्राउ गरिएको हो ।

भक्तपुरमा सई मृत भेटिए आइतबार, पुस ८, २०८० आइतबार बिहान ७ बजे सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल टौखेलस्थित घरमा सई बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुङ्गानाले बताए । ४४ वर्षीय घिमिरे तेस्रो तलामा रहेको आफ्नो कोठाभित्र मृत फेला परेका हुन् ।

झापाको बेलडाँगी शरणार्थी शिविरमा आगलागी, तीन छाप्रा जले आइतबार, पुस ८, २०८० झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी हुँदा तीन वटा छाप्राहरू जलेका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ३ बजे दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर सी ४, छाप्रा नं. ५३५ बस्ने भीमबहादुर घिमिरेको बाँसको घरमा अचानक विद्युत सर्ट भएर आगलागी सुरु भएको थियो ।









