News Griha :: न्यूजगृह
अफलाइन चलाउने पठाओ र इनड्राइभका ४८ जना राइडर पक्राउ

काठमाडौं— पठाओ र इनड्राइभका ४८ जना राइडरलाई प्रहरीले पक्राउ गरेको छ ।

अफलाइन ड्राइभ गरेको भेटिएपछि उनीहरूलाई शनिबार काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) कुमोध ढुङ्गेलले बताए । 

अफलाइन मोटरसाइकल चलाउँदा सुरक्षा चुनौती बढेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । अफलाइन चालकहरूलाई काउन्सिलिङ पछि रिहा गरिने एसपी ढुङ्गेलले बताए ।

उनले भने, ‘सम्बन्धित कम्पनीमा उनीहरूले अफलाइन चलाएकोबारे जानकारी दिएर रिहा गर्छौँ ।’ अफलाइनमा यात्रा नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।
 

 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १८:२६
Weather Update