भक्तपुरमा सई मृत भेटिए

काठमाडौं— भक्तपुरमा एक जना प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन् ।
आइतबार बिहान ७ बजे सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल टौखेलस्थित घरमा सई बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुङ्गानाले बताए ।
४४ वर्षीय घिमिरे तेस्रो तलामा रहेको आफ्नो कोठाभित्र मृत फेला परेका हुन् ।
उनी नेपाल प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत थिए। उनको मृत्यु भएको खबरपछि प्रहरी वृत्त जगातीको टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरी निरीक्षक ढुङ्गानाका अनुसार उनको मृत्युको कारण खुलिसकेको छैन ।
प्रकाशित मिति: आइतबार, पुस ८, २०८० ११:४०













