News Griha :: न्यूजगृह
काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं— काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका वडा न. ३२ खहरे बस्ने ४२ वर्षीय कुमार आचार्यको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका आचार्यको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 


 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १४:२४
Weather Update