News Griha :: न्यूजगृह
रम्बा चाउचाउमा न्यूनस्तरको खाद्य पदार्थ भेटियो
Photo: @GautamAshmita/Twitter

काठमाडौं— पोखरा नुडल्सको रम्बा चाउचाउमा न्यूनस्तरको खाद्य पदार्थ भेटिएको छ । म्याग्दीको किराना पसलमा केही महिना अगाडि न्यूनस्तरको खाद्य पदार्थ भेटिएको थियो ।

न्यूनस्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङले कास्कीमा पठाएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्कीमार्फत कास्की जिल्ला अदालतमा मुद्दा अगाडि बढाइएको थियो ।

Prabhu Bank

न्यायाधीश ध्रुवकुमार पियाको इजलासले रम्बा चाउचाउ उत्पादन गर्ने पोखरा नुडल्सका अध्यक्ष श्रीराम पाण्डेलाई आइतबार ३५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । म्याग्दीको एक किराना पसलमा चाउचाउमा हुने तेलमा पेरोकसाइड भ्यालु १० हुनुपर्नेमा १७ भएको पाइएको थियो ।

पोखरा नुडल्सले भने रम्बा चाउचाउ उत्पादन हुने कच्चा पदार्थ र तयार भइसकेपछि पनि परीक्षण गरेर पठाउने तर ढुवानी र भण्डारणका क्रममा तापक्रम नमिल्दा त्यस्तो हुन सक्ने बताएको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १८:५०
Weather Update