News Griha :: न्यूजगृह
उच्च अदालतमा स्वचालित पेसी व्यवस्थापन सुरु 

काठमाडौं— देशभरका सबै उच्च अदालतहरूका मुद्दा पेसीमा स्वचालित प्रणाली सुरु भएको छ । आज बिहान उच्च अदालत पाटनमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो प्रणालीको उद्घाटन गरेसँगै देशभरका उच्च अदालतहरूमा स्वचालित पेसी प्रणाली सुरु गरेका हुन् । 

उक्त प्रणालीको उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले, अब न्यायिक काम कारबाही तथा प्रशासनिक काम कारबाहीमा सरलता आउने विश्वास व्यक्त गरे । उनले मुद्दा पेसीमा स्वचालित प्रणाली सुरु भएसँगै सेवाग्राहीहरूलाई भेदभाव बिना पेसी तारिख प्राप्त हुने बताए ।

उनले भने, ‘अब न्यायिक काम कारबाही प्रशासनिक काम कारबाहीमा सरलता त दिन्छ नै  यसप्रति सबैको विश्वास यसको गुणस्तरीयता, पारदर्शिता सबैले अपनाउने छन् । किनकी यो सिस्टमबाट हुने कुरा हो । यहाँ कसैले अनुरोध गरेर हुने कुरा छैन् अब पेसी तारिख सेवाग्राहीहरूलाई भेदभाव बिना पेसी तारिख प्राप्त हुने दिन आयो ।’

उनले कसैको सहयोगबिना देशकै आईटी टिमबाट प्रणाली ल्याएकोले केही समस्या आएमा समाधान खोजेर सफल बनाउने विश्वास व्यक्त गरे । यसपछि जिल्ला अदालतमा पनि यसको शुभारम्भ गर्नका लागि अध्ययन सुरु गरिसकेको उनले जानकारी दिए ।

उनले भने, ‘बाहिर कसैको सहयोगले बनाएको होइन् हामै आईटी टिमबाट बनाइएको हो । त्यसैले केही समस्या आयो अप्ठ्यारो भयो भने हामीभित्रबाट नै समाधान गर्न सकिने छ । त्यसैले यो सफल हुन्छ भन्ने पूरा विश्वास छ । यसपछि जिल्ला अदालतमा पनि यसको शुभारम्भ गर्न पाए हुन्थ्यो भनेर मैले अध्ययन सु? गरिसकेको छु । ’

उनले निकट भविष्यमा नै अधिवक्ताको ल फर्मबाटै मुद्दा, रिट, निवेदन दर्ता गर्ने प्रणालीको विकास गर्ने समेत उनको भनाई थियो ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १३:४७
Weather Update