News Griha :: न्यूजगृह
रेड कर्नर नोटिस जारी भएका नेपाली कतारबाट पक्राउ
रेड कर्नर नोटिस जारी भएका नेपाली कतारबाट पक्राउ ठगी तथा सङ्गठित अपराध मुद्दामा फरार रहेरका उनीविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो । कतारमा पक्राउ परेका उनलाई नेपाल फिर्ता ल्याइएको छ । 
घर आगलागी हुँदा सुत्केरीसहित परिवारको बिचल्ली
घर आगलागी हुँदा सुत्केरीसहित परिवारको बिचल्ली दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ ।आगलागीबाट सार्कीको जस्तापाताले छाएको तीनतले घर, नगद एक लाख ५० हजार, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जा सतिहका कागजात, लत्ताकपडा, भाँडाकुँडा, अन्नपानी, काठपात लगायतका सामग्री जलेर नष्ट भएको हो ।
अवरुद्ध बीपी राजमार्ग खुल्यो
अवरुद्ध बीपी राजमार्ग खुल्यो सोमबार बिहान रामेछापको मन्थलीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को बसले काठमाडौंबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनस्थल मै मृत्यु भएको थियो ।
भुटानी शरणार्थी  प्रकरण : टेकनाथ रिजालले बुझाए धरौटी, तर भोलिसम्म थुनामै रहने 
भुटानी शरणार्थी  प्रकरण : टेकनाथ रिजालले बुझाए धरौटी, तर भोलिसम्म थुनामै रहने  केन्द्रीय कारागार कार्यालय स्रोतका अनुसार उनी सम्भवतः बुधबार रिहा हुनेछन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका आरोपी रिहा हुने स्थितिमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई बुझाउन केन्द्रीय कारागारलाई आग्रह गरेको छ ।
मृतक आरती साहका पति मोतिबाबु पक्राउ 
मृतक आरती साहका पति मोतिबाबु पक्राउ  मृतक आरती साहका पतिलाई पक्राउ गरेर पुनः थुनामा पठाउन सर्वोच्च अदालतले आदेश गरेको थियो । मंसिर २० मा सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठले सो आदेश गरेका हुन् । सर्वोच्चको आदेश कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको एसपी शर्माले जानकारी दिए ।
बारा प्रहरीले बरामद गर्‍यो १ करोड १५ लाखको प्याज
बारा प्रहरीले बरामद गर्‍यो १ करोड १५ लाखको प्याज जिल्ला प्रहरी कार्यालय बारा र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भाद्रदेखि हालसम्ममा विभिन्न मितिमा १ करोड १५ लाख ८ हजार ७ सय रुपैयाँ मूल्य बराबरको प्याज नियन्त्रणमा लिएको हो ।
बसले मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुलीमा दुई जनाको मृत्यु [अपडेट]
बसले मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुलीमा दुई जनाको मृत्यु [अपडेट] बीपी मार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका– ३ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।सोमबार बिहान काठमाडौंबाट खोटाङ जाँदै गरेको बा.प्र–०१–००६ ख ४५९३ नं को बसले बा ६० प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । 
युक्रेनले पहिलो पटक २५ डिसेम्बरमा क्रिसमस मनाउँदै
युक्रेनले पहिलो पटक २५ डिसेम्बरमा क्रिसमस मनाउँदै रुससँग झण्डै २ वर्षदेखि लडाइमा रहेको युक्रेनले यस वर्ष क्रिसमस डे मनाउँदैछ । जनवरी ७ तारिखमा रुस, युक्रेन ग्रीस, इथियोपिया र इजिप्टमा  अर्थोडक्स क्रिसमस मनाइन्छ । संसारमा करिब २४ करोड अर्थोडक्स क्रिश्चियनहरू छन् ।
कैद भुक्तान सकिने दिनमै कैदीको मृत्यु 
कैद भुक्तान सकिने दिनमै कैदीको मृत्यु  मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर—१० का ४८ वर्षीय चण्डेश्वर सहनीको सोमबार बिहान पौने ७ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो  ।
माओवादी अध्यक्ष प्रचण्डका सुरक्षा गार्ड रहिसकेका पूर्व लडाकु कमान्डर 'जटिल'ले गरे आत्महत्या
माओवादी अध्यक्ष प्रचण्डका सुरक्षा गार्ड रहिसकेका पूर्व लडाकु कमान्डर 'जटिल'ले गरे आत्महत्या अछामको पञ्चदेवल विनायक नगरपालिकाको लयाटी स्थायी घर भएका अन्दाजी ४५ वर्षीय जटिल रोजगारीको सिलसिलामा भारतको महाराष्ट्रस्थित उरन शहरमा थिए । पारिवारिक स्रोतका अनुसार जटिलले शनिबार राति आफ्नै कोठामा आत्महत्या गरेका हुन् ।
आजको मौसम : वर्षा र हिमपात नहुने  
आजको मौसम : वर्षा र हिमपात नहुने   देशका अधिकांश भूभागमा आज मौसम आंशिक बदलीदेखि सफा रहनेछ । आज बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।
Weather Update