News Griha :: न्यूजगृह
रेड कर्नर नोटिस जारी भएका नेपाली कतारबाट पक्राउ

काठमाडौं— रेड कर्नर नोटिस जारी भएका प्रतिवादी कतारबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमान छन् ।

ठगी तथा सङ्गठित अपराध मुद्दामा फरार रहेरका उनीविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो । कतारमा पक्राउ परेका उनलाई नेपाल फिर्ता ल्याइएको छ । 

पासमान लगायतले उजूरीकर्ताको माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख रुपैयाँ अनधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकहरूको एटीएम कार्डहरू मार्फत निकालेर प्रयोग गरेको आरोप छ ।

उनी वैदेशिक रोजगारीको लागि कतारमा थिए ।   

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १९:४२
Weather Update