News Griha :: न्यूजगृह
आजको मौसम : वर्षा र हिमपात नहुने  

काठमाडौं देशका अधिकांश भूभागमा आज मौसम आंशिक बदलीदेखि सफा रहनेछ ।

आज बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती, र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

विभागले राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको विभागले जनाएको छ । मौसमी प्रणाली उल्लेखनीय नहुँदा वर्षा र हिमपातको सम्भावना हुँदैन ।  

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०६:२६
Weather Update