बसले मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुलीमा दुई जनाको मृत्यु [अपडेट]
![बसले मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुलीमा दुई जनाको मृत्यु [अपडेट]](https://newsgriha.com/uploads/posts/bus-and-motorcycle-accident-1703482161.jpg)
रामेछाप— बीपी मार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका– ३ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
सोमबार बिहान काठमाडौंबाट खोटाङ जाँदै गरेको बा.प्र–०१–००६ ख ४५९३ नं. को बसले बा ६० प ३५४५ नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक खोटाङको हलेसी तुवाचुङ नगरपालिका– २ का ४५ वर्षीय कुमार राई र खोटाङकै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १० की १८ वर्षीय मुना राईको घटनास्थलमै मृत्यु भएको सुनकोसी गाउँपालिका– ३ का वडाध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिए ।
दुर्घटनापछि आक्रोशित स्थानीयले मोटरसाइकललाई ठक्कर दिने बस जलाइदिएका छन् । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस ९, २०८० ११:१५