News Griha :: न्यूजगृह
बारा प्रहरीले बरामद गर्‍यो १ करोड १५ लाखको प्याज

बारा— प्रहरीले ४ महिनाको अवधिमा अवैध तवरले भित्राइएको १ करोड बढी मूल्यको प्याज बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बारा र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भाद्रदेखि हालसम्ममा विभिन्न मितिमा १ करोड १५ लाख ८ हजार ७ सय रुपैयाँ मूल्य बराबरको प्याज नियन्त्रणमा लिएको हो ।

बरामद प्याज भन्सार छली गरेर भित्राइएको प्रहरीले जनाएको छ । बरामद प्याज राजश्व कार्यालय, पथलैया बारामा बुझाइएको पनि प्रहरीले जनाएको छ ।

onion-pyaj-1-1703484094.jpg

onion-pyaj-2-1703484094.jpg

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ११:४७
Weather Update