मोटरसाइकल चालक गम्भीर घाइते
सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

काठमाडौं— सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । सोमबार बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका—३ बोहरेटारमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको बसले बा ५० प ३५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।
मोटरसाइकल चालक गम्भीर घाइते भएको र उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना केहीबेरअघि मात्रै भएकाले थप मृतक र घाइतेको परिचयसहित थप विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस ९, २०८० ०९:११