कुवेतबाट फर्किएकी महिलाले वैदेशिक रोजगार विभागमै मेनपावर व्यवसायीलाई कुटिन

काठमाडौं— वैदेशिक रोजगार विभाग परिसरभित्रै एक मेनपावर व्यवसायीमाथि कुटपिट भएको छ ।
वैदेशिक रोजगारीका लागि कुवेतबाट फर्किएकी एक जना महिलाले मेनपावर व्यवसायीमाथि कुटपिट गरेकी हुन् ।
केपी इन्टरनेसनल ओभरसिजका सञ्चालक निर्मल राय अमात्य माथि कुटपिट भएको हो । घटनाप्रति वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ ।
कुवेतमा आफू ठगिएको भन्दै ती महिलाले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् ।सोही उजुरीमा छलफल गर्न विभागले दुवै पक्षलाई बोलाएको थियो । सोही क्रममा मेनपावर व्यवसायी माथि महिलाले कुटपिट गरेकी हुन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८० १८:२४













