बस र ट्रक ठोक्किँदा बारामा चालकसहित ३ जनाको मृत्यु

काठमाडौं— बाराको अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । २७ जना घाइते छन् ।
दुर्घटनामा ट्रक चालक तनहुँका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुरका ४० वर्षीय हरि शम्सेर सुयाल थापा र अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए । उनीहरूको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बुधबार बिहान पुलमा ठोक्किएका थिए ।घाइतेहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८० ०९:०३













