काठमाडौंका यी ठाउँमा बन्द हुँदैछ विद्युत आपूर्ति

काठमाडौं— काठमाडौंका केही ठाउँमा फरकफरक दिनमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले त्यस क्षेत्रमा केही दिन साढे ४ घण्टा विद्युत सेवा बन्द हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरणका अनुसार आज बुधबार चपली तथा बूढानीलकण्ठ, बिहीबार गोङ्गबु बसपार्क, शुक्रबार चपली तथा हात्तीगौँडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोटमा आपूर्ति बन्द हुनेछ ।
मौसम खराब भई काम नहुने अवस्थामा भने विद्युत सेवा अवरुद्ध नहुने प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ४, २०८० १०:५८












