News Griha :: न्यूजगृह
सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य

काठमाडौं— सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो । यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ । 

नयाँ हलमा बसेको बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षा भएको बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १३:३५
Weather Update