News Griha :: न्यूजगृह
रुसी सेनामा कार्यरत चार नेपाली युक्रेनमा बन्धक [विवरणसहित]

काठमाडौं— रुसी सेनामा कार्यरत चार जना नेपालीलाई युक्रेनले बन्दी बनाएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति प्रकाशित गरी युक्रेनमा चार जना नेपाली नागरिकहरूलाई बन्दी बनाएको सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परराष्ट्रका अनुसार बर्दियाको राजापुर–१ का विवेक खत्री, काभ्रेको मण्डनदेउ–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ– २ का विकास राई र रोल्पाको रून्टिगढी–८ का प्रतिक पुन युक्रेनी सेनाको बन्धक बनेका छन् ।

बन्दी बनाइएका नेपालीहरूको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

साथै, उनीहरूको रिहाइ र नेपाल फिर्तीको लागि इन्टरनेसनल कमिटी अफ द रेडक्रस लगायत अन्य माध्यमहरुबाट पनि कूटनीतिक पहल भइरहेको मन्त्रालयको भनाई छ।

 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १९:३२
Weather Update